सिरहा ,२३ कात्तिक //
सिरहामा एक स्टिल फर्निचर शो रुममा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
जिल्लाको गोलबजार नगरपालिका ६ स्थित ज्योती स्टेशनरीले सञ्चालन गरेको फर्निचर शो रुममा सोमबार
आगलागी भएको हो ।
आगलागीबाट शो रुममा रहेको स्टिल दराज, टेवल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामग्री नष्ट भएको बताइएको छ। आगलागीबाट करिब १२ लाख मूल्य बरावरको सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।आगो गोलबजार नगरपालिकाको बारुण यन्त्र र प्रहरीको सहयोगमा एकघण्टा पश्चात नियन्त्रणमा आएको हो । घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।