Sunday, May 26, 2024

स्रोत नखुलेको २० लाख रकमसहित १ जना पक्राउ

पछिल्लाे समाचार


पर्सा , २३ कात्तिक //
पर्साबाट स्रोत नखुलेको २० लाख रकमसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ५ नकटुवाका चन्दन कुमार साह रहेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा रुपैयाँ सहित साहलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन्।

साह विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडी बढाइएको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु