Tuesday, April 28, 2026

आमासहित दुई छोराछोरी आफ्नै घर भित्र मृत अवस्थामा फेला

पछिल्लाे समाचार


सर्लाही , १३ मङ्सिर //
सर्लाहीमा एक आमा र उनका दुई छोराछोरी आफ्नै घर भित्र मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बरहथवा नगरपालिका–१, हजरिया निवासी शिव हजारीकी श्रीमति कविता हजारी घर भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
यस्तै उनका ६ वर्षीया छोरी र ४ वर्षीय छोरा पनि सोही घरभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।

आईतबार बिहान ५ बजेतिर आमा कविताको शव झुण्डिएको अवस्थामा तथा दुईजना बच्चा पनि घर भित्रै भुईँमा लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले बताएका छन्।
उनका अनुसार छेउछाउमा विषादिका बोतल पनि नदेखिएकाले दुईवटा बच्चाको मृत्यु एवं आमाको आत्महत्या बारे गम्भिर ढंगले अनुसन्धान भईरहेको छ।
पोष्टमार्टम रिपोर्ट नआई हत्या वा आत्महत्या केही भन्न नसकिने प्रवक्ता बुढाथोकीले जानकारी दिए।
प्रहरीका अनुसार मृतकहरुका अभिभावक शिव हजारी भने वैदेशिक रोजगारीका सिलसिलामा विगत ४ वर्षदेखि मलेसियामा रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु