Thursday, April 30, 2026

गौर अस्पतालमा दक्ष चिकित्सकको अभाव, विरामीहरु उपयुक्त सुविधाबाट बंचित

पछिल्लाे समाचार


रौतहट , १४ मङ्सिर //
जिल्लाको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालमा दरबन्दी अनुसारको दक्ष चिकित्सकहरु नहुँदा विरामीहरु सेवा सुविधा पाउनबाट बंचित भएका छन्।
गौर अस्पतालमा मेडिकल सुप्रिडेन्ट सहित १४ जना दक्ष चिकित्सकको दरबन्दी भएपनि मेडिकल सुप्रिडेन्ट बाहेक अन्य चिकित्सकहरु नहुँदा अस्पतालमा उपचारको लागि आउने विरामीहरु सेवा सुविधा पाउनबाट बंचित भएका हुन्।
अस्पतालमा ५० सैयाको गौर अस्पतालमा मेसु १, कन्सल्टेन्ट चिकित्सक ८ जनामा जेनरल फिजिसियन १, गाइनोक्लोजिष्ट १, सर्जन २, अर्थो १, साइकेष्टीक १, एनोथस्टीलोजिष्ट १ पिडिटिष्ट १, डेन्टल १ र मेडिकल अधिकृत ४ जना गरी कूल १४ चिकित्सकको दरबन्दी रहेको भएपनि एक जना मेडिकल सुप्रिडेन्टको भरमा अस्पताल संचालनमा रहेको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु