Tuesday, April 28, 2026

छुट्टा-छुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति

पछिल्लाे समाचार


सर्लाही , २९ मंसिर //
सर्लाहीको छुट्टा-छुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

लालबन्दी नगरपालिका–५, मेजरगन्जमा मंगलबार दिउँसो साँढे ३ बजेतिर स्थानीय मनोज गुप्ताको दुई तले काठको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरको पूजा कोठामा बिहान पूजा गर्नेक्रममा दियोमा बत्ती बाली छाडेकाले त्यसैबाट आगलागी भएको हो।
आगलागीबाट घरमा राखिएको सुन, नगद २ लाख ५० हजार र कपडासहितका सरसामग्री जल्दा साँढे ४ लाख बराबरको क्षति भएको पीडित मनोज गुप्ताले बताएका छन्।
उनले आगलागी हुँदा आफू घरमा नरहेको र छरछिमेकी मिलेर निभाइदिएको बताएका छन् ।

यस्तै, मंगलबार दिउँसो २ बजेतिर सर्लाहीको कविलासी नगरपालिका–१, पिपरीयामा पनि थ्रेसरबाट धान झार्ने क्रममा अचानक आगलागी भएको छ ।
आगलागीबाट स्थानीय लोचन रायको ४ बिघाको पराल, राजनारायण रायको ५ बिघाको धान सहितको पराल, फुसको कच्ची गोठ, भाग्यनारायण रायको एक बिघाको धान सहितको पराल र उपेन्द्र मण्डलको १५ कठ्ठाको धानसहितको पराल, फुसको गोठ जलेर नष्ट हुँदा चारै जनाको गरी ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिका बाट गएको दमकलले करिब तीन घण्टा पछि नियन्त्रणमा लिएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु