रौतहट , १३ माघ //
३० वर्षीया महिलालाई जबर्जस्ति करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका ३ मेवा बस्ने ३० वर्षीय चन्दन साह कानु रहेका छन्।
महिलालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट मेवाटेङग्राहा र ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई हिजो राति नै हिरासतमा लिएको जनाइएको छ।
पक्राउ परेका उनीमाथि यसबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।


