Thursday, May 14, 2026

चन्द्रपुरका घुम्ती शौचालयहरु अलपत्र

पछिल्लाे समाचार


रौतहट , १७ माघ //
चन्द्रपुर नगरपालिकाको घुम्ती शौचालयहरु प्रयोग बिहिन बनेको छ । मुख्य चोकमा राखिएको घुम्ती शौचालय प्रयोगमा ल्याउन स्थानीयले माग गरेका छन् ।
नगरपालिकाले दुई वर्षअघि करिब १५ लाख रुपैयाँमा खरिद गरेको दुईवटा घुम्ती शौचालय पायक पर्ने स्थानमा नराख्दा समस्या बढदै जान थालेको स्थानीयको भनाइ रहेको छ ।

केही समय पहिला सम्म एउटा शौचालय मुख्य चोकको उत्तर कुनामा र अर्को खेलमैदानमा राखिएको थियो । तर अहिले चोकमा राखिएको घुम्ती शौचालय समेत नगरपालिकाले लगेको छ।
बस रोक्ने स्थानमा नै सार्वजनिक शौचालय नभएपछि यात्रुहरुले सास्थी खेप्नु परेको छ। यात्रु मात्र नभई मुख्य व्यापारिक केन्द्र भएकाले चन्द्रपुर नगरभित्रका दक्षिणभेग र बाहिरका मानिसहरू किनमेल गर्न आउनेहरूलाई समेत सार्वजनिक शौचालय नहुँदा यताउता भौतारिनु पर्ने बाध्यता रहेको छ।

कोभिडका बेला शेरबहादुर दर्लामी खेल मैदानमा लगेको घुम्ती शौचालय अहिले त्यही अलपत्र छ । नगर प्रमुख रामचन्द्र चौधरीले घुम्ती शौचालय प्रभावकारी ढंगले सञ्चालन गर्ने बताए ।
खेल मैदानमा थन्किएर बसेको घुम्ती शौचालयलाई चाँडै नै चोक तथा बजार क्षेत्रमा राख्ने उनले जनाए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु