रौतहट , १३ माघ //
रौतहटमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्य हुनेमा जिल्लाको फतुवा बिजयपुर नगरपालिका ९ बडहरवा टोलका स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादव रहेका छन्।
आज बिहान पौने ९बजेको समयमा स्थानीय मनोज यादवले चलाएर अन टेस्ट नम्बरको ट्याक्टर रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा सडकमा खेलिरहेका बालकलाई पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपूरका इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए ।
मृतक बालकको शव पोष्टमार्टमकबा लागि जिल्ला अस्पताल गौर पठाइएको तथा फरार भएको मनोज यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भैइरहेको इन्स्पेक्टर विश्वकर्माले बताए।


