Thursday, April 23, 2026

पर्सा निकुञ्ज क्षेत्रबाट बाघ गणनाका ६ वटा क्यामेरा चोरी

पछिल्लाे समाचार


पर्सा , १३ माघ //
बाघ गणनाका लागि जडान गरिएका सिसि क्यामेराहरु पर्सा निकुञ्ज क्षेत्रबाट चोरी भएको छ ।

पर्साको बढनिहार र मनवा इलाका वन कार्यालय क्षेत्रमा जडान गरिएका ६ वटा क्यामेरा चोरी भएको हो ।

राष्ट्रिय बाघ गणना कार्यक्रमअन्तर्गत जडान गरिएका क्यामेराहरु चोरी भएको डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँले बताए। उनका अनुसार संयुक्त गस्ती नहुँदा क्यामेरा चोरी भएको हो ।

सो क्षेत्र गाँजा तस्करी गर्ने रुट भएका कारण आफ्नो तस्बिर कैद नहोस् भनेर तस्करले चोरेको हुन सक्ने प्रमुख मियाँको अनुमान रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु