रौतहट , १३ माघ //
रौतहटको १८ पालिकाहरु मध्य सबैभन्दा धेरै जनसंख्या चन्द्रपूर नगरपालिकामा रहेको छ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार चन्द्रपूर नगरपालिमा कुल जनसंख्या ८३ हजार ३ सय ५० रहेको छ। जसमा ४१ हजार २ सय ४५ पुरुष र ४२ हजार १ सय ०५ महिला रहेको छ ।
चन्द्रपुरमा १५ हजार ३४ घर सख्या रहेकोमा परिवारसंख्या भने १७ हजार २ सय ३७ रहेको केन्द्रिय तथ्यांक बिभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।



