Wednesday, April 22, 2026

चन्द्रपुरबाट सैतिस थान काठसहित सात वटा साइकल बरामद

पछिल्लाे समाचार


रौतहट , १३ फागुन //
चन्द्रपुरबाट सैतिस थान काठसहित सात वटा साइकल बरामद गरिएको छ।
आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका वडा नं ५ चाँदी खोला नजिकबाट सो काठ बरामद गरेको हो।

सैतिस थान फल्ली र कडी काठसहित सात वटा साइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रहरी टोलिलाई देख्न्नसाथ काठ सहितको साईकल छाडी तस्कर फरार भएको चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए।

बरामद काठ र साइकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा पठाइएको तथा फरार तस्करको खोजि भइरहेको उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु