Tuesday, April 21, 2026

प्रेस चौतारी नेपालको रौतहट जिल्ला शाखा कार्यालय उद्घघाटन

पछिल्लाे समाचार

मुकेश कुमार साह /
रौतहट १३,फाल्गुन
प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यालय शुक्रवार स्थापना गरिएको छ ।
मौलापुर नगरपालिकामा प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यलय स्थापना गरिएको हो । सो कार्यलयको पुर्व मन्त्रि तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह र मौलापुरकी मेयर रिना साहले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै पुर्व मंत्री साहले सूचना प्रविधिको विकासले फड्को मारे संगै पत्रकारिता क्षेत्र सहज हुँदै गएको बताउनु भयो ।
समाचार लेख्दा विषयवस्तुको गाम्भिर्यता बुझी सत्य र तथ्यपूरक सूचना सम्प्रेषणमा मात्र जोड दिनुपर्ने बताउनुभयो।यसले पत्रकारको क्षमता अभिवृद्धि हुने र समग्रमा पत्रकारिता जगतको नै विश्वसनियता एवं प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बिभिन्न संघठन परित्याग गरी प्रेस चौतारीमा प्रवेस गरेका छन् । नवप्रवेसीहरुलाई पुर्व मन्त्री साहले टिका-माला र दोसल्ला ओढाई संघठनमा स्वागत गर्नु भयो । कार्यक्रम प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्यायको अध्यक्षता मा सम्पन्न भएको हो। यस्तै आज (शुक्रवार) कार्यालयमा बोर्ड राख्नुका साथै संगठनका गतिविधिका विषयमा छलफल समेत गरिएको शाखा सचिव मुकेस साहले जानकारी दिनुभयो ।
प्रेस चौतारी रौतहटमा नँया कार्यसमिति चयन भएपछि तिब्रताका साथ आफ्ना गतिविधिहरु गरिरहेको उहाँले बताउनुभयो । प्रेस चौतारी अबदेखि संस्थागत रुपमा अघि बढ्ने भन्दै साहले चौतारीमा गोलबन्ध रहेका सबैलाई एउटै छाहारी प्रदान गरिने बताउनुभयो । उहाँले आगामी दिनमा प्रेस चौतारीका सबै गतिविधि कार्यालय मार्फत हुने जानकारी दिनुभयो । कार्यालय स्थापनासंगै झोलामा कार्यालय राख्ने परिपाटीको अन्त्य भएको साहको भनाई छ ।सो कार्यक्रममा बिभिन्न संगठनका संचारकर्मीको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु