Thursday, April 30, 2026

नेपाली कांग्रेसका नेता कार्कीको निधन , ओढाइयो चारतारे झण्डा

पछिल्लाे समाचार


सर्लाही , ६ फागुन //
नेपाली कांग्रेस सर्लाहीका नेता खड्ग बहादुर कार्कीको ७१ वर्षको उमेरमा निधन भएको छ ।हरिवन नगरपालिका–११ निवासी कार्कीको विहिबार राती साँढे ८ बजे निधन भएको जनाइएको छ ।

उनी उच्च रक्तचाप, मधुमेह लगायत रोगबाट पीडित थिए । शुक्रबार बिहान बागमती नदि किनारमा स्व. कार्कीको पार्थिव शरिर दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि स्व. कार्कीको पार्थिव शरिरमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव, सर्लाही जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, नेकपा एमालेका नेता रेवती पन्त लगाएतले कांग्रेसको चारतारे झण्डा ओढाएका थिए ।

दाहसंस्कार स्थलमा कांग्रेस हरिवन सभापति रामशरण उप्रेतीको अध्यक्षतामा आयोजित संक्षिप्त श्रद्दाञ्जली सभामा स्व. कार्कीले प्रजातान्त्रिक आन्दोलन एवं सामाजिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गर्दै कार्कीको निधनले समाजलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

श्रद्दाञ्जली सभाको संचालन कांग्रेस हरिवन सचिब निरज कार्कीले गरेका थिए । दाहसंस्कार स्थलमा नेकपा माओवादी केन्द्रका सर्लाही संयोजक कमल बुढाथोकी, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, उद्योगी व्यापारी, विभिन्न राजनैतिक दलका नेताहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु