Thursday, April 30, 2026

उचित मुआब्जा नदिएपछि रेलवेको काममा रोक

पछिल्लाे समाचार


रौतहट , ६ फागुन //
गुजरा नगरपालिका २ स्थित मैरा टोलका स्थानीयले जग्गाको उचित मुआब्जा नदिएको भन्दै बुधबारदेखि रेलवे ठेकेदारका कर्मचारीलाई काम गर्नमा रोक लगाएको छ ।
चलनचल्ती अनुसार मुआब्जा नपाएसम्म काम गर्न नदिने उनीहरूको अडान छ।
मैरास्थित भुजेल टोलका १९ किसानको झन्डै साढे दुई बिघा जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरु विरोधमा उत्रेका हुन् ।
यहीक्रममा मंगलबार प्याकेज १ नम्बरको कामका लागि ग्राभेल बोकेर गएको रेलवेको टिपर र कर्मचारीलाई जग्गाधनीले लखेटेका थिए ।
विवाद भएको स्थानभन्दा अन्यन्त्र ग्राभेल हाल्न थाल्दा कर्मचारीमाथि दुर्व्यवहारको प्रयास गर्दै साइडबाट लखेटेको निर्माण कम्पनीका प्रोजेक्टर म्यानेजर अमित रिजालले बताए ।

गुजराको रंगपुर पैनीबाट पूर्वी क्षेत्रको मुआब्जा विवाद टुंग्याएर ठेकेदारले पश्चिम लमाहा खोलापारि काम गर्न थालेकोमा त्यस क्षेत्रमा पनि स्थानीयले संघर्ष समितिमार्फतै काममा अवरोध गरिरहेका छन ।

यता सघर्ष समितीले ठेकेदारको काम मात्र रोकेको, तर कुनै कर्मचारीलाई दुर्व्यवहार नगरेको जनाएको छ । उक्त प्याकेज को पश्चिम क्षेत्रमा जतिसक्दो चाँडो समस्या समाधान गर्न समितीले अनुरोध गरेको छ।

समवन्धित निकायले स्थलगत हेरेपछि मात्र काम सुरु गर्न दिने भन्ने किसानको माग रहेको समितिका पदाधिकारी पीताम्बर श्रेष्ठले बताए।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले नक्सामा बाटो कायम रहेको भुजेल टोलको प्रतिकठ्ठा ६ लाख विवादबारे आफूलाई कुनै किसिमको जानकारी नभएको बताएका छन

मुआब्जा पुनर्मूल्याकनका लागि स्थानीय रेल योजना कार्यालय लालबन्दी, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय गौर धाउँदै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु