Saturday, April 25, 2026

भन्सार छलेको कपडा बरामद

पछिल्लाे समाचार

रौतहट ९ फागुन । भन्सार राजश्व छलेर नेपाल भित्र्याएको लाखौ मुल्यको कपडा शसस्त्र प्रहरीले रौतहटमा बरामद गरेको छ ।
सोमवार शसस्त्र प्रहरीले रौतहटको गढिमाई नपा ८ मलाहीटोल बाट गस्तिमा रहेको टोलीले अटोरिक्सामा राखेर लैजादै गरेको भन्सार छलेको कपडा बरामद गरेको हो ।
६१४ नम्वरको अटोरिक्सामा राखेर लैजादै गरेको ७ लाख ६ हजार ५ सय मुल्य बराबरको कपडा बरामद भएको शसस्त्र प्रहरी ११ नम्वर गण रौतहटका सशस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्कीले जानकारी दिएका छन ।
कपडा सगै गढीमाइ नपा ३ लक्ष्मिपुरटोल बस्ने २७ बर्षिय महमद फिरोज लाइ पक्राउ गरी कार्वाहीको लागी भन्सार कार्यालय गौरमा बुझाएको शसस्त्र प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु