रौतहट , १० //
रौतहटमा भन्सार राजश्व छलेर नेपाल भित्र्याएको लाखौ मुल्यको कपडा सहित एकजनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढीमाइ नपा ३ लक्ष्मिपुरटोल बस्ने २७ बर्षिय महमद फिरोज रहेका छन्।
सोमवार रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ८ मलाहीटोल बाट गस्तिमा रहेको टोलीले अटोरिक्सामा राखेर लैजादै गरेको भन्सार छलेको कपडा बरामद गरेको हो ।
शसस्त्र प्रहरी ११ नम्वर गण रौतहटका सशस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्कीका अनुसार ६१४ नम्वरको अटोरिक्सामा राखेर लैजादै गरेको ७ लाख ६ हजार ५ सय मुल्य बराबरको कपडा बरामद भएको हो।
बरामद कपडासहित पक्राउ परेका फिरोजलाई कार्वाहीको लागी भन्सार कार्यालय गौरमा बुझाएको शसस्त्र प्रहरीले जनाएको छ ।


