Saturday, April 25, 2026

काग्रेस रौतहटको जिल्ला अधिवेसन १५ गते हुने

पछिल्लाे समाचार


रौतहट , १० फागुन //
नेपाली काग्रेस रौतहटको १५ गते हुने १४ औ जिल्ला अधिवेसनमा जिल्ला सभापतिका लागि दुई जनाले आफ्नो प्यानल सहित उमेद्वारी घोषणा गरेका छन् ।
सेर बहादुर देउवा प्यानलबाट सुनिल यादवले आफ्नो प्यानल सहित उमेदवारी दिने तयारी गरेका छन् । सुनिल यादव संबिधानसभा सदस्य हुन् ।

यस्तै हृदय नारायण यादव नेपाली कांग्रेस रौतहटका पुराना नेता हुन् । दुबै प्यानलले आफ्नो उमेदवारी पक्का रहेको भन्दै मत समेत माग्न सुरु गरेका छन् ।
नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिबेसन सर्बसम्मत नहुने पक्का भएको छ । अवश्यकता ,अनुभव र परिपक्वता भएको नेता हृदय नारायण यादव भएकाले उनैलाई आफुहरुले मतदान गर्ने नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीको भनाइ छ ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको आर्शिवाद पाएको उमेदवारका रुपमा सुनिल यादवलाई व्याख्या गरिएको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको तयारी समेत थालेका कारण नेपाली कांग्रेसको जिल्ला अधिबेसनले त्यसको अर्थ राख्ने भएका कारण दुबै खेमा आफ्नो उमेदवार जिताउने अभियानमा लागि परेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु