रौतहट , ८ फागुन //
चन्द्रनिगाहपुरमा आज वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ। प्रादेशिक रक्त संचार केन्द्र चितवनको प्रबिधिक सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीको आयोजनामा आज (आइतबार )रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीका अध्यक्ष बिक्रम लामाले बताए ।
रगत जीवनको एक अमूल्य र अपरिहार्य तत्व हो, रगत बिना जीवन कल्पना गर्न पनि सकिदैन ।
कोभिड १९ को जोखिमले पर्याप्त मात्रामा रगत उपलब्ध हुन नसक्दा आज बिभिन्न रोगका कारण तत्कालै शल्यक्रिया गर्नु पर्ने विरामीहरु, प्रसुति गराउनु पर्ने महिलाहरु अस्पतालका शैयाहरुमा रगतको अभावले तत्काल उपचार पाउन नसकिरहेको अवस्था रहेको छ ।
तीनै विरामीहरुको जीवन रक्षाका लागि रगत संकलन गरि जीवनदान दिने उद्देश्यले मेरो रक्तदान अरुको जीवनदान भन्ने नाराका साथ वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाले बताए ।


