Tuesday, April 28, 2026

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु ,अर्का एक घाइते

पछिल्लाे समाचार


धनुषा , ८ फागुन //
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको धनुषाधाम नगरपालिका–६ मालटोलका ४२ बर्षीय रामबहादुर गोले मगर रहेका छन्।

शनिवार साँझ पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ज १२ प १६७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरको धनुषाको लालगढस्थित मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सिरहाको कर्जन्हा नगरपालिका–५ बस्ने २४ बर्षीय अभिषेक घिमिरेको मोडेल अस्पतालमै उपचार भैइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु