Thursday, April 30, 2026

रौतहटमा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु

पछिल्लाे समाचार


रौतहट , ६ फागुन //
रौतहटमा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। गएराती दुर्गा भगवती गाँउपालिका वडा नम्बर २ कर्बोलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा लगिएको थियो । त्यहा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु