Thursday, April 30, 2026

एमाले सर्लाहीको जिल्ला अधिवेशन भोलि ,नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने

पछिल्लाे समाचार


सर्लाही , ६ फागुन //
नेकपा एमाले सर्लाहीको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने भएको छ।

फागुन ७ र ८ गते सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा तय गरिएको पार्टीको आठौँ जिल्ला अधिवेशनबाट सहमतीमै नेतृत्व छान्ने भएको नेताहरुले बताएका छन् । अहिलेका अध्यक्ष राजनारायण साहकै नेत्तृत्वमा नयाँ जिल्ला कमिटी घोषणा गर्ने तयारी भइरहेको पाइएको छ ।

हरिवन नगरपालिकाका मेयर रहेका नेता गणेश प्रसाद प्रसाईंले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । फेरिपनि हरिवन नपामा मेयरका आकांक्षी रहेका प्रसाईंले सर्वसम्मत हुने अवस्थामा भने आफू बाधक नबन्ने बताएका छन् ।
हालका जिल्ला अध्यक्ष साहलाई केन्द्रीय सदस्य बद्री न्याैपाने, कमलादेवी महताे, हरि उप्रेती लगायतले समर्थन गरेका छन् भने प्रसाईंलाई प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला सहसचिब विदुर प्याकुरेल लगायतले अगाडि सारेकाे बताइएको छ

जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमाले सर्लाहीका सहसचिव प्याकुरेलले जानकारी दिए । उद्घाटन समारोह सम्पन्न भएलगत्तै बन्दसत्र सुरु जनाइएको छ।

जिल्ला अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना सहसचिव रहेको पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने बताइएको छ ।
नवगठित कमिटीको पहिलो बैठकले १४ जना जिल्ला सदस्य मनोनित गरेर १४९ सदस्यीय जिल्ला कमिटी बनाउने तथा एमाले जिल्ला अधिवेशनका लागि जिल्लाभरबाट ४५५ जना जिल्ला अधिवेशन प्रतिनिधि छानिएका छन् ।

जिल्ला अधिवेशनलाई सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको एमालेका एक नेताले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु