रौतहट ६ फागुन । श्रोत नखुलेको रकम सहित एकजना मानिस रौतहटमा पक्राउ परेका छन ।
शुक्रवार साझ भन्सार सुरक्षा गार्ड, रौतहटबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर न.पा.-१ स्थित भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा भारतको बैरगिनियाबाट गौर तर्फ आईरहेको BR.30L-8887 नम्वरको मोटरसाईकल बाट तीनलाख श्रोत नखुलेको रकम बरामद गरेको हो ।
मोटरसाईकल चालक रौतहट दुर्गा भगवती गा.पा.-४ वस्ने वर्ष ५० को बिनोद प्रसादले लगाएको जुता भित्र लुकाई राखेको र श्रोत नखुलेको नेपाली रुपैया तीन लाख फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि सुनिल मल्लले जनाएका छन ।


