Thursday, April 30, 2026

बैजनाथपुरमा बाइकको ठक्कर बाट मृत्यू भएका युवकको सनाखत

पछिल्लाे समाचार

रौतहट ७ फागुन/ गौर चन्द्रपुर सडक खण्डको बैजनाथपुरमा गए राति मोटरसाइकलको ठक्करबाट मृत्यु भएका युवकको सनाखत भएको छ ।
मोटरसाइकलको ठक्कर बाट चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का २८ बर्षिय समिर पराजुलीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति साढे १ बजे चन्द्रनिगाहपुरबाट गौर तर्फ गईरहेको ३ जना सबार मोटरसाइकलको ठक्कर बाट पराजुलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
ठक्कर दिने बृन्दावन नगरपालिका वडा नम्बर ३ बस्ने ३० बर्षिय दिपेस कुमार साह रहेका छन ।
मोटरसाईकलको पछाडि सवार रहेका व्यक्ति बरहथवा नगरपालिका हजरीया बस्ने २६ बर्षिय पप्पु सहनी भागेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते भएका दिपेश कुमार साहको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको र अर्का नागेन्द्र साह डिस्चार्ज भएको ईलाका प्रहरी कार्यलयमा राखिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु