Sunday, April 26, 2026

राष्ट्रिय युवा संघको आयोजनामा रक्तदान कार्यक्रम

पछिल्लाे समाचार

रौतहट ८ फागुन ।
राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीको आयोजनामा चन्द्रनिगाहपुरमा आइतबार वृहत रक्तदान कार्यक्रम गरिएको छ ।
प्रादेशिक रक्त संचार केन्द्र चितवनको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना भएको राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीका अध्यक्ष बिक्रम लामाले बताए ।
रगत जीवनको एक अमूल्य र अपरिहार्य तत्व हो, रगत बिना जीवन कल्पना गर्न पनि सकिदैन त्यस कारण रगत अभाव को कारण कसैले पनि ज्यान गुमाउनु नपरोस भनी रक्तदान कार्यक्रम गरिएको अध्यक्ष लामाले बताएका छन ।
कार्यक्रममका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले रगत जीवनको एक अमूल्य र अपरिहार्य तत्व भएको हुदा यस्ता कार्यमा सबैजनाले सहभागिता जनाउनु पर्ने बताउनु भएको छ ।
रगत बिना जीवन कल्पना पनि गर्न नसकिने हुदा यस्तो परोपकारी कार्यमा नेकपा एमाले सबैभन्दा अगाडी रहेको समेत केन्द्रय सदस्य रेग्मीको भनाइ रहेको छ ।
कार्यक्रममा,बिधार्थी,युवासघ का नेता कार्यकर्ता,सुरक्षाकर्मी,संचारकर्मी ले रक्तदान गरेका थिए । कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेका थिए जस्मा १सय २९ जना पुरुष र २२ जना महिलाले रक्तदान गरेको आयोजक ले जानकारी दिएको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उद्धब रेग्मी,मधेश प्रदेश उप सचिब आरती भण्डारी,प्रदेश सदस्य खडग बहादुर बम्जन,रेडक्रस चन्द्रपुरका सभापति श्रीकृष्ण अधिकारी,एमाले पार्टीका रौतहट जिल्ला सचिब बाल बिक्रम कार्की,पार्टीका चन्द्रपुर नगर कमिटि अध्यक्ष शिब प्रसाद आचार्य,उपाध्यक्ष राजेन्द्र तिवारी,सचिब बिनोद चौधरी लगायत नेताहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु