महोत्तरी , ९ फागुन //
महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सीतामढी ग्राम पञ्चायत भासर मघहा ७ अनारवन गाउँका ३७ वर्षीय अजय महतो कोइरी र सर्लाही मलंगवा नगरपालिका-९ का ३४ वर्षीय प्रमोद राउत रहेका छन् ।
उनीहरूमाथि भारत सीतामढी भैरबकोठी, मेहसौल टोल घर भएकी अन्दाजी २७ वर्षीया गर्भवती महिला राधा भन्ने अफ्सना खातुनको हत्या गरेको आरोप रहेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
खातुनको शव फागुन ४ गते महोत्तरी गौशाला नगरपालिका(१२ कान्तिबजारस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहररीले महोत्तरी प्रहरीले जनाएको छ ।


