सर्लाही ९ फागुन / नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रव रिजालले सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा १ सय ५३ परिवारलाई चामल वितरण गरेका छन् ।
लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी रिजालले वडा नं. -९ का अतिविपन्न १ सय ५३ परिवारलाई २० किलोको एक/एक बोरा चामल वितरण गरेका हुन ।
मेधस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा विपन्न परिवारलाई चामल वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका सिंहले विपन्न र गरिबलाई माया गर्ने पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर बिजयी गराउन आग्रह गरे ।
मन्त्री सिंहले बामपंथी र मधेस बादी दलका कारण देश दलदलमा परेको बताए । उनले ४ वर्ष अघि बामपंथीहरूकाे भुलभुलैया परेर जनताले उनिहरूलाई दिएको बहुमत त्यसै खेर गएकाे बताए ।
उनको आउदै गरेको स्थानीय निकाय लगायतका चुनावमा जनताले बिचार गरेर मतदान गर्नुपर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने उनको तर्क थियो ।
उनलेे आर्थिक अवस्था कमजोर रहेका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आइरहेका छन् । आगामी दिनमा पनि आफ्नो सहयोगका कार्यक्रम निरन्तर रहने उनले बताए ।
पहिलो चरणमा लालबन्दीको वडा नंं. १ देखि १७ सम्म नै यस्ता सहयोगका कार्यक्रमले निरन्तरता पाउने बताए ।
नेपाली कांग्रेसका स्वतन्त्रता सेनानी तथा वयोवृद्ध नेता देवराज पाैडेलकाे अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा सर्लाहीका काग्रेसका नेताकार्यकर्ताहरूकाे उपस्थिती रहेको थियो ।


