महोत्तरी , ५ फागुन //
महोत्तरीमा विवादित रहेको क्षेत्रमा नेपाली कांग्रेसको अधिवेशन फागुन ८ गते हुने भएको छ ।
मनरासिस्वा नगरपालिका–८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन विवादका कारण स्थगित रहेकोमा फागुन ८ मा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तय भएको जनाइएको छ
पिपरा गाउँपालिकास्थित रामनारायण विद्यालयको प्राङ्गणमा क्षेत्रको निर्वाचन गर्ने दुवै पक्षबीच सहमति भएको जिल्ला सभापति महेन्द्र रायले जानकारी दिए ।


