रौतहट ५ फागुन //नेपाली काङ्ग्रेस बृन्दाबन नगर समिति,रौतहटद्वारा आयोजित अभिनन्दन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार कार्यक्रम सो नगरपालिका को भुषाहाटोलमा सम्पन्न भएको हो ।
सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मंसुर र विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादब रहेका छन ।
प्रमुख अतिथी मन्सुरले नेपाली काग्रेस बर्षौ देखि जनताको सुखदुखको साथी रहेको बताएका छन । कार्यक्रमका बक्ताहरुले नेपाली काग्रेस ले नै देश बिकास को कार्यमा भुमिका खेल्दै शान्ति र संबिधानको पक्षमा काम गर्ने बताएका छन ।
कार्यक्रम आयोजना गरि सम्मानित गरेको मा बृन्दाबन नगर सभापति नागेन्द्र यादव लगायत लाई सहभागी नेताहरुले धन्यवाद दिएका छन ।
उक्त कार्यक्रममा मधेस प्रदेश सदस्य नितिश कुमार गुप्ता र प्रदेश सदस्य सुर्य बहादुर थापा लाई अभिनन्दन तथा सम्मान गरिएको छ ।


