सर्लाही , ५ फागुन //
सर्लाहीबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिपुर नगरपालिका–६ का २० वर्षीय रवीकुमार साह रहेका छन्।
नेपाल–भारत सीमास्थित मलंगवा नगरपालिका–८ मा चेक जाँच गर्ने क्रममा साहलाई नाईट्रोभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ–रेक्स र एक बोटल डाईलक्स–डिसी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।


