महोत्तरी , ५ फागुन //
महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशाला नगरपालिका – ११ बस्ने ३५ वर्षीय तेजलाल महतो रहेका छन् ।
गए राति ९ बजे को समयमा गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साईकलमा घर फर्केने क्रममा स १ च १३९३ नम्बरको एम्वुलेन्सले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका महतोलाई उपचारको लागि जनकपुर लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ठक्कर दिने एम्वुलेन्स र चालक सर्लाही वरहथवा नगरपालिका ९ बस्ने ३४ बर्षिय रामविहारी महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।


