Tuesday, April 28, 2026

चादी खोलामा ठेकेदारको मनलाग्दी उत्खनन ,स्थानीयद्वारा रोक

पछिल्लाे समाचार


रौतहट , ५ फागुन //
चादी खोला उत्खननमा स्थानीयले रोक लगाएको छ। चन्द्रपुर नगरपालिकाले नदिजन्य बस्तु उत्खननका लागि ठेक्का लगाएको ठेकेदारले गाउँनै धरापमा पर्नेगरी चादी खोला उत्खनन गरेको भन्दै स्थानीयले रोक लगाएको हो।
मरधरको निकास स्थानमै ठेकेदारले खोलानै थुनेर ग्रेवल निकालेपछि स्थानीयले गाउनै खतरामा परेको भन्दै उत्खननमा रोक लगाएको एक स्थानीयले बताए।

चन्द्रपुर नगरपालिकाले सो स्थानबाट नदिजन्य बस्तु उत्खननका लागि ठेक्का लगाएकोमा ठेकेदारले मनोमानी तरिकाले पानीको वहावनै रोकेर खोलाबाट ग्रेवल निकाले पछि मरधरका स्थानीय बासिन्दा आक्रोसित बनेका छन् ।

बुधबार दिउसो स्थानीय बासिन्दाले खोलाबाट ग्रेवल निकाल्नका लागि रोक लगाएपछि ठेकेदारले खोला थुन्नका लागि ल्याएको दुई थान ह्युमपाईप समेत लिएर गएको बताइएकोछ ।
स्थानीय बासिन्दाले नगरपालिकाले तोकेको ठाउ र मापदण्ड अनुसार उत्खनन नगरेको भन्दै बिरोध जनाउदै आएकाछन् ।

चादी खोला उत्खननका लागि ठेक्का पाएको ठेकेदारले खोलामा गहिरो खाल्डो बनाएर छाड्ने गरेका कारण हरेक वर्ष आफ्ना बालबालिका खाल्डामा पर्ने जोखिम रहेको स्थानीयको भनाई ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु