रौतहट , १९ माघ //
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन : बढाएको छ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।
अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२५ कायम भएको छ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएको निगमले जनाएको छ।
यो सँगै हवाइ इन्धन आन्तरिक प्रतिलिटर ११६ तथा अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर १०९५ अमेरिकी डलर कायम गरिइएको छ।
एलपी ग्यासको मूल्य भने यथावत नै छ।


