बारा , २८ फागुन //
बाराको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श जयनगर च्युँटाहाको रामचरित्र माविमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा गाउँपालिकाका अध्यक्षसहित जना जनप्रतिनिधिले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।
नव प्रवेशीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाई प्रवेश गराएका हुन् ।


