Wednesday, April 29, 2026

मोथियाही स्थित सडकखण्डमा फेला परेको संकास्पद वस्तु बम नभएको पुष्टि

पछिल्लाे समाचार


रौतहट , २८ फागुन //
रौतहटको चन्द्रनिगाहपुरको मोथियाही स्थित सडकखण्डमा फेला परेको संकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

शनिवार चन्द्रनिगाहपुर गौर सडकखण्डमा चन्द्रपुर नगरपालिका मोथियाहीस्थित राजमार्गको बीचमा कपडाले बेरेर इँटाले थिचेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि राजमार्ग भएर गुड्ने सवारीहरुलाई बेतौना हुँदै डाइभर्सन गरिएको थियो।
सुरक्षाकर्मीले बिहानैदेखि सो सडकखण्डलाई नियन्त्रणमा लिएर आवतजावत बन्द गरेका थिए ।

सदरमुकाम गौरबाट बिहान १० बजे घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु ईंटा भएको पुष्टि गरेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु