पर्सा , २८ फागुन //
वीरगञ्जमा प्रहरीले १२ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको सार्बजनिक यात्रु बाहक बसबाट घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बाट बरामद गरिएको मदिरा जिल्ला प्रहरी कार्यालयमा ल्याई सञ्चारकर्मी, स्थानीय लगायतको रोहबरमा नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।


