पर्सा , २८ फागुन //
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जसपाबाट निर्वाचित वीरगंज महानगरपालिकाका नगर प्रमुख सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका केन्द्रिय अध्यक्ष्य केपी शर्मा ओली एमाले नेता तथा वीरगन्ज मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन शनिबार वीरगंज पुगेका थिए।
सोहि अवसरमा अध्यक्ष्य ओलीले मेयर सरावगीसहित ४ जना वडाध्यक्षलाई एमालेमा प्रवेश गराएका हुन् ।
कार्यक्रममा एमालेका मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतको सहभागीता रहेको थियो ।


