रौतहट , २३ फागुन //
रौतहटमा एक युवकको शव फेला परेको छ।
मृत्यु हुनेमा गरुडा नगरपालिका २ गेडहीगुठीका ३२ वर्षीय प्रमोदकुमार मण्डल रहेका छन् ।
आइतबार जिल्लाको गरुडा नगरपालिका ४ स्थित सतिश चिउरा उद्योगमा रहेको धान भिजाउने पानी ट्यांकीमा डुबेर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
उद्योगमा कार्यरत मण्डल पानीमा डुबेर मृत्यु भइसकेको अवस्थामा मजदुरहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलबाट प्रहरीले मण्डलको शव निकाली जिल्ला अस्पताल गौरमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको छ।
युवकको मृत्युको कारणको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारीले जानकारी दिएका छन्।


