Thursday, April 30, 2026

वृन्दावन नगरपालिकामा विभिन्न पार्टी परित्याग डेढ सय जना नेकपा एमालेमा प्रवेश

पछिल्लाे समाचार


रौतहट , २३ फागुन //
रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न पार्टी परित्याग डेढ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मी, मधेस प्रदेश उपसचिव आरती भण्डारी , मधेस प्रदेश सदस्य अखिलेश्वर चौधरी, वैजनाथ सहनी , पूर्व जिल्ला अध्यक्ष तुलसी गिरी लगायतले नव प्रवेशीहरुलाई माला , टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य रेग्मीले नेकपा एमालेको सरकारले राष्ट्र हितमा काम गरिरहेको बेला प्रतिगामी तत्वले जालझेल र षड्यन्त्रपूर्वक सरकारबाट हटाएको भन्दै अब फेरी जनमतबाट पुनः नेकपा एमालेको सरकार आउने दावी गरे ।

उनले देशैभर नेकपा एमाले प्रति जनलहर बढेको भन्दै एमालेले अब तीनै तहमा विजयी गर्ने वातावरण बनिसकेको जिकिर गरे ।

मधेस प्रदेश उपसचिव भण्डारीले जनताको मन र मत अब एमालेको सुर्य चिन्हमा आउने भन्दै अब सारा नेपाल एमालेमय बन्ने दावी गरिन् ।

मधेस प्रदेश सदस्य चौधरीले गाउँगाउँमा विकासको लहर ल्याउन एमालेले जित्नुपर्ने भएकाले अब आउने निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

देश, समाज निमार्ण गर्ने एकमात्र पार्टी नेकपा एमाले मात्र रहेको भन्दै आफुहरु एमालेमा प्रवेश गरेका उनीहरुको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु