Thursday, April 30, 2026

मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ

पछिल्लाे समाचार


पर्सा , २३ फागुन //
पर्साबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ११ निवासी २१ वर्षीय कुशनन्दन चौधरी रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित अनिता जनरल स्टोर अगाडी पार्किङ्ग गरेर राखिएको ना. २४ प. ४७२ नम्बरको कालो रंगको आरटीआर अपाची मोटरसाइकलको लक तोडी चोरेर भाग्दै गर्दा चौधरीलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

चौधरीमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु