Thursday, April 30, 2026

भरुवा बन्दुक सहित एक जना पक्राउ

पछिल्लाे समाचार


रौतहट २३ फागुन//
रौतहटबाट भरुवा बन्दुक सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान साढे ११ बजे गस्तिमा रहेको प्रहरी टोलीले जिल्लाको चन्द्रपुर न.पा.वडा नं.६ स्थित हातेमालो सामुदायिक बन क्षेत्रको बाटोमा अन्दाजी ४० वर्षीय ईन्द्र बहादुर आले मगर लाई पक्राउ गरेको हो।

उनको साथबाट एक थान भरुवा बन्दुक थान , भरुवा बन्दुकको नाल १ थान , र भरुवा बन्दुकमा लाग्ने गोली ३ राउण्ड तथा छर्राहरु ३० वटा बरामद गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु