Wednesday, April 29, 2026

रौतहटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

पछिल्लाे समाचार


रौतहट , ३ चैत //
रौतहटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ हर्साहा का स्थानीय २८ वर्षीय हिरा ठाकुर र ३५ वर्षीय जितेन्द्र पटेल रहेका छन्।

जिल्लाको हर्षाहा चोकमा गएराति करिब १० बजेको समयमा बा १७ च ६१६३ नम्बरको स्कोर्पियोले ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
ठक्कर दिने स्कोर्पियो गाडीमा नेकपा ऐमालेका पुर्व सांसद कुन्दन कुशवाहा र ठेकेदार नागेदर साह रहेको केही स्थानीय ले आरोप लगाएका छन ।

उक्त गाडी दुर्घटना हुंदा पुर्व प्रदेश सांसद कुन्दन कुश्वाहा त कसैले गाडी धनी मौलापुरका निर्माण ब्यवसायी नागेन्द्र साहले गाडी भन्दै बदनाम गराउन खोजेको भन्दै उच्च स्तरीय छानबिनको समेत माग गरिएको छ ।
एमाले केन्द्रिय सदस्य तथा पुर्व सांसद कुन्दन कुश्वाहाको नाम जोडेर सामाजिक संजालमा केहि ले राखेपछि चरीत्र हत्या गर्ने लाई कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासन संग माग उनले माग गरेका छन ।

दुर्घटनाको कारण बारे अनुसंधान भैइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु