Wednesday, April 29, 2026

रौतहटमा सुरक्षित आप्रवासन सम्बन्धि पत्रकारसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,२४ फागुन //
रौतहटमा सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलवार माण्डवीको आयोजनामा जिल्लाको गरुडा स्थित आशिर्वाद गेस्ट हाउसमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका संयोजक अर्विन्द चौधरीले विदेश जानेहरुको संख्या रौतहटमा पनि बढी रहेको अवस्थामा सामी परियोजना रौतहटमा संचालन गरिएको बताए । रोजगारीका लागि विदेश जानेहरुलाई सवै किसिमको जानकारी हुन आवश्यक रहेकोले सामीले वैदेशिक रोजगारीका लागि जाने युवाहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरेको उनले जानकारी दिए ।वैदेसिक रोजगार युवाहरुको लागि अवसर भएपनि कुनै समस्यापर्दा अपनाउनु पर्ने सावाधानीका बारेमा जानकारी आवश्यक हुने संयोजक चौधरिले बताए । कार्यक्रममा उनले युके एड सिप परियोजना र लक्ष्मी बैक वीच वैदेशिक रोजगारसंग सम्बन्धित परिवारका लागि एक लाख ५० हजार देखि ४ लाख सम्म ऋण प्रवाह गर्ने जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि जाने युवाहरुको लागि विनाधितो डेढ लाखसम्म ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारमा गएका व्यक्तिको घर परिवारमा घर संचालनका लागि २ लाख सम्म ऋण उपलब्ध गराउने तथा वैदेशिक रोजगारमा गएका घर परिवारका महिलाहरुलाई उधमशिलका लागि ४ लाखसम्म ऋण उपलब्ध गराउने सहकार्य भएको समेत जानकारी गराए ।कार्यक्रममा २४ जना पत्रकारको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु