Wednesday, April 29, 2026

चन्द्रनिगाहपुरको मोथियाही सडकखण्डमा बम आकृतिको संकास्पद वस्तु फेला

पछिल्लाे समाचार


रौतहट , २८ फागुन //
रौतहटको चन्द्रनिगाहपुरको मोथियाही स्थित सडकखण्डमा बम आकृतिको संकास्पद वस्तु फेला परेको छ ।

राजमार्गको बिचमा माथिबाट टायल्सले थिचेर तल कपडाको टालोले बेरेर राखिएको अवस्थामा संकाष्पद वस्तु फेला परेको हो ।
शनिबार बिहानै राजमार्गको बिचमा उक्त वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले सो स्थानलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवतजावत बन्द गरेको छ । राजमार्ग भएर गुड्ने सवारीहरुलाई बेतौना हुँदै डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

संकास्पद वस्तु के हो ? र, कसले राखेको हो अहिलेसम्म नखुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख लिलाराज लामिछानेले जानकारी दिए ।

वस्तु बम रहेको नरहेको भन्ने बारे यकिन हुन नसकेको र नेपाली सेनाको बम डिष्पोजल टोलीलाई खबर गरिसकेको उनले बताए ।

बाकि जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु