Friday, April 24, 2026

जनकपुरधाम देखि पोखरासम्म अब दैनिक उडान हुने

पछिल्लाे समाचार


जनकपुरधाम , १० चैत //
जनकपुरधाम देखि पोखरासम्म अब दैनिक उडान हुने भएको छ ।
हप्तामा तीन दिन सञ्चालन गर्दै आएको बुद्ध एयरले अब साताको सातै दिन उडान भर्ने बुद्ध एयर जनकपुरधामका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले जानकारी दिए।

उनले यात्रुहरुको माग अनुसार जनकपुरधाम–पोखरा–जनकपुरधाम उडान बिहिवारदेखि हप्ताको सातै दिन हुने जानकारी दिएका हुन् ।

अहिले सोमबार, बिहीबार र शनिबार जनकपुरधामबाट पोखराका लागि उडान हुँदै आएकोमा अब सातै दिन हुने उनले जानकारी दिए । फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा उडान सुरु गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु