Wednesday, April 29, 2026

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु , श्रीमती घाइते

पछिल्लाे समाचार


महोत्तरी , २६ फागुन //
महोत्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् ।

मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका वडा नं. २ निगौलका ४० वर्षीय रामपुनित ठाकुर रहेका छन्।

बुधवार दिउँसो औरही नगरपालिका–४ स्थित माईस्थान सम्सी सडक खण्डमा गौशालाबाट सम्सी तर्फ जाँदै गरेको प्र २–०२–००३ प ५१५९ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ बाट आउँदै गरेको ना ५ ख ७७२७ नम्बरको ट्रक ठोक्किंदा ठाकुर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ।

गम्भिर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको र उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

त्यस्तै मोटसाइकलको पछाडी सवार मृतकका श्रीमती ३८ वर्षीया उर्मिला ठाकुर घाईते रहेको र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु