Thursday, April 30, 2026

हिरासत मै अनसन, सासद झा द्वारा रिहाइको माग

पछिल्लाे समाचार

रौतहट २३ फागुन / श्री जुद्ध उच्च माध्यमिक बिधालय गौरमा शुक्रबार आन्दोलनको क्रममा पक्राउ भएको ३ जना मध्ये २ जना आमरण अनसनमा बसेका छन्।
सो समुदायिक बिधालयमा बिधार्थी संग विभिन्न बहानामा शुल्क लिएको भन्दै लगभग २ बर्ष देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनले आन्दोलन गर्दै आएको थियो।
बिधालयले विभिन्न बहानामा लिएको शुल्क फिर्ता गर्न माग राखेता पनि अहिले सम्म सो शुल्क फिर्ता नहुँदा अनेरास्ववियुका बिधार्थी नेता तथा प्रदेश सचिव रबि मिश्रा र जिल्ला संयोजक आशिष् झाको उपस्थितिमा पिडित बिधार्थीले शुक्रबार बिधालयमा आन्दोलन तथा तोडफोड गरेको थिए । बिधालयमा आन्दोलन तथा तोडफोड गर्दा प्रहरीले पक्राउ गरेका प्रदेश सचिव मिश्रा र झा थुनामै आमरण अनसनमा बसेका छन्।
बिधार्थी नेता मिश्रा र झा थुनामै शुक्रबार देखि आमरण अनसनमा बस्दा दुवैको स्वास्थ्य दिन प्रती दिन खराब हुँदा अहिले गौर अस्पतालमा उपचारत छन्।
पक्राउ परेका मिश्रा र झाले भने “यो लडाइँ हाम्रा बिधार्थी भाईबहिनीका लागि हुन । जब सम्म बिधालयले लिएको विभिन्न बहानामा शुल्क फिर्ता हुँदैन तब सम्पन्न हाम्रो अनसन जारी नै रहने छ ।”
जुद्द माध्यमिक बिद्यालयमा भएको घटनाको आरोपमा पक्राउ परेका विधार्थीलाई रिहाईको माग गर्दै संघीय सांसद रेखा कुमारी झाले बिज्ञप्ती जारी गरेका छन्।
बिधार्थीसंग असुल गरिरहेको चर्को शुल्कमा बिधार्थी नेताहरुले गरेको बिरोधमा झुटो मुद्दा लगाएर गैर कानुनि रुपमा पक्राउ गरेको भन्दै सासद झाले बिज्ञप्ती निकालेका हुन ।
साथै बिधार्थीहरु संग विभिन्न बहानामा शुल्क लिएकाहरुको बिषयमा छानबिन गरी कारबाहीको माग समेत उल्लेख गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु