Thursday, April 30, 2026

क्यान्सर पिडित लाई खाधान्य सहयोग

पछिल्लाे समाचार


रौतहट ,२४फागुन/
चन्द्रपुरमा एक दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
१२२ औं नारी दिवसको अवसरमा नव गठित छोरीको लागि छोरी अभियान सस्थाद्वारा चन्द्रपुरको वडा नम्वर ८ स्थित एक दलित ,विपन्न तथा क्यान्सर पीडितलाई खाद्यान्न सहयोग गरिएको हो ।
समाजसेवि रिक्साचालक केदार प्रसाद तिमल्सिनाले आफ्नो जन्मदिनको अवसरमा छोरीको लागि छोरी अभियान सस्थालाई तीन हजार रुपैयाँ प्रदान गरेका थिए ।
सोही रकम बाट सस्थाले एक बोरा चामल ,चार किलो चिउरा ,दुई पोका नुन , तीन लिटर तेल ,तीन किलो दाल सहयोग गरिएको सस्थाकी अध्यक्ष हिम कुमारी घिमिरेले जान्कारी दिइन ।
सोही अवसरमा सस्थाकी अध्यक्ष घिमिरे ,उपाध्यक्ष अनिता तिमल्सिना , सचिव इन्दिरा ल्वागुन ,सहसचिव सन्जु तिमल्सिना तथा सलाहाकार केदार प्रसद तिमल्सिना लगाएतको उपस्थित रहेको थियो ।
सस्थाले यश अघि पनि विभिन्न गाउँ मा गरिव तथा विपन्न परिवारलाई खाद्यान्न लगाएत न्यानो कपडा वितरण गर्दै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु