धनुषा , २२ फागुन //
धनुषामा ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा जिल्लाको कमला नगरपालिका ४ की ४५ वर्षीया लिलादेवि अरगरिया रहेकी छिन्।
कमला नगरपालिका ४ मा ज.१ त ७१५८ नम्बरको ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
ट्रयाक्टरको ठक्करबाट लीलादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएकी स्थानीय ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखियाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको तथा ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


