Thursday, April 30, 2026

प्रेस चौतारी मधेस प्रदेशको प्रथम अधिबेशन सम्पन्न,फणि महतको अध्यक्षतामा २७ सदस्यीय चयन

पछिल्लाे समाचार

मुकेश कुमार साह रौतहट २१,फाल्गुन । प्रेस चौतारी नेपाल मधेस प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ। रौतहटको चन्द्रनिगाहपुरमा अवस्थित होटल आरोहीको सभाहलमा अधिवेशन सम्पन्न भएको हो। प्रथम अधिबेशनले सर्वसम्मत रुपमा फणि महतको अध्यक्षतामा २७ सदस्यीय चयन गरेको छ । कमिटिको उपाध्यक्षमा अनिल तिवारी र उपाध्यक्ष (महिला) अर्चना परियार चयन भएका छन् । महासचिव गाैतम श्रेष्ठ चयन भएका हुन् । सचिवको जिम्मेवारी भगलु मण्डल,ज्ञासु देवानले पाएका छन् । जितेन्द्र साह कोषाध्यक्षमा चयन भएका छन् । प्रदेश कार्य समिति सदस्यहरूमा रामपुकार राउत(रौतहट),बिना राउत (रौतहट),बिजय पटेल(रौतहट),पिन्टु कुमारी यादव (सप्तरी) भगवती चौधरी (सप्तरी) रहेका छन् । यस्तै शम्भु प्रसाद महतो(बारा),अनिल कुमार गौरव (बारा),सपना ढकाल (बारा),भवानी सुबेदी बारा चयन भएका हुन्। यस्तै अधिवेसनले लक्ष्मी खरेल (पर्सा),निरन्जन मिश्र (पर्सा),सफल खतिवडा (पर्सा),कन्हैया गुप्ता (पर्सा) र आशिक अन्सारी (पर्सा) लाई सदस्यमा चयन गरिएको छ। साथै ४ सदस्य प्रदेश समितीको बैठक ले मनोयन गर्ने गरी सदस्यता थपिने बताईएको छ । यस्तै प्रेस चौतारी नेपाल मधेस प्रदेशको कमिटिको सल्लाहकारमा गोकुल घोरासाइनि,अर्जुन थपलिया,शंकर श्रेष्ठ,रेणु चौधरी, जिवछ चौधरी र संजय मिश्रा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आथिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो। ज्ञवालीले गमलामा पानि हालेर कार्यक्रमको उद्घाटन गर्नु गरेका थिए ।

अधिबेशनको उदघाटन गदै नेता ज्ञवालीले पार्टीलाइ चलायमान गर्न पत्रकारको प्रमुख भुमिका हुने बताएका छन । पार्टी जिबन्त भएर अंगाडि बढ्नका लागि देशको हित गर्नु पर्ने बताउंदै एमाले रास्ट्रिय स्वाधिनता र रक्षाका लागि लडिरहेको पार्टी भएको ज्ञवालीले बताए । परिबर्तनलाई संस्थान गरि उत्पादनमा अंघि बढेको पार्टी भएको हुंदा समृद्ध नेपाल सुखी नेपालीको अबधारणामा अंघि बढेको ज्ञवालीको तर्क छ । पार्टीले गरेका सकारात्मक काम जनतामा लैजाने प्रेस चौतारी भएको हुंदा प्रेस चौतारी सबल र अब्बल भएको संगठन भएको उनले दाबी गरे । भ्रमपुर्ण काम चिर्नका लागि मिडियाकाे भुमिका महत्वपूर्ण हुने बताउदै उनले मिडियाकाे शक्ति नै भ्रम चिर्ने र सत्य तथ्य निस्पक्ष पत्रकारिता रहेकाे बताए।

कार्यक्रममा स्वागत मन्तब्य गौतम श्रेष्ठले राख्नु भएको थियो भने चौतारीका गोपाल बराल,केसी लामिछाने,श्याम बन्जाराले शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा माननीय रेखा झा,पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मी,कुन्दन कुशवाहा, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज लालबाबु शेख लगायतले मन्तब्य राख्नु भएको थियो । सो अधिवेशन कार्यक्रममा प्रेस चौतारी नेपालका अगुवा तथा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका उपाध्यक्ष सिरहा जिल्लाका स्वर्गीय पत्रकार रामानन्द गुप्ताले समग्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकोले उच्च कदर गर्दै स्व. पत्रकार गुप्ताको छोरा शुभम सुधान्शुलाई सम्मान पत्र प्रदान गरिएको छ। त्यस्तै गरी उच्च शिक्षा तथा अहेव अध्यन गरि प्रदेशको अति विपन्न डोम समुदायका बालबालिका तथा युवायुवतीहरूलाई शिक्षा प्रदान गर्ने र समाज रूपान्तरमा महत्वपूर्ण योगदान पुर्याएका विजय मली डोमलाई पनि सम्मान पत्र प्रदान गरिएको छ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह,जिल्ला सचिव बाल्बिक्रम कार्की, नेकपा एमाले मधेश प्रदेश कमिटीका उपसचिव आरती भण्डारी, प्रेस चौतारीका प्रकाश लम्साल,कमल उपाध्याय लगायत आठै जिल्लका प्रेस चौतारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु