रौतहट २० फागुन / गौर नगरपालीकामा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीले बिधालय तोडफोड तथा आगजनी गरेका छन ।
सामुदायिक विद्यालयले अभिभावकहरुलाई ठग्दै अवैधरुपमा शुल्क उठाएको भन्दै आन्दोलन गरेका हुन । सो अवैधरुपमा ठगिएको शुल्कफिर्ता गर्ने सहित अनुसार बिधार्थीले ८ बुंदे माँग राख्दै आएका छन ।
विद्यालयका प्रधानध्यापक चन्देश्वर राउतले सो ८ बुँदे माग पुरा गर्ने समेत वाचा गरेका थिए ।
शुल्क उठाएको विरोधमा शुक्रवार विद्यार्थीहले तोडफोड तथा आगजनी गरेका हुन ।
अग्रेंजी माध्यमको शिक्षाको नाममा २०६७/०६८ साल देखी नै विद्यालयले शुल्क उठाउन शुरु गरेको थियो । तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डलले शिक्षा नियमावलीलाई लत्याउदै पैसा कमाउने प्रथाको शुरुवात गरेकोले उनलाई कारवाहीको पहिलो सूचीमा राखिनु पर्ने विद्यार्थी नेता रविमिश्रले बताए ।
विद्यालय प्रशासनले स्वीकार गरेको ८ बुँदे माग समेत पुरा गर्न सकेका छैनन् । ।
आक्रोशितविद्यार्थीहरुले विद्यालयमा रहेका खानेपानीका ट्याङ्कहरु , किताब लगाएतका समान तोडफोड र आगजनि गरेका छन ।
विद्यार्थीहरुले उग्र प्रर्दशनगर्न थालेपछि विद्यालयका प्रधानाध्यापक लगायतका पदाधिकारीहरु विद्यालय छोडेर निस्कीएका थिए ।


